(प्रथम पटक प्रकाशित मितिः २०७६/०४/०८ गते)

तराई मानव अधिकार रक्षक संजाललाई मानव अधिकारसंग सम्बन्धित मुद्दाहरुको अनुगमन, पिडीतहरुलाई कानुनी परामर्श तथा अदालतमा वहस पैरवी समेत गर्नको लागी एकजना अधिवक्ता आवश्यक परेकोले यो सूचना प्रकाशित भएको मितिले ५ ((पाँच) दिन भित्र कानूनमा स्नातक उपाधि प्राप्त गरी अधिवक्ता प्रमाण पत्र समेत प्राप्त नेपाली नागरिकलाई दरखास्त आह्वानका लागी यो सूचना प्रथम पटक प्रकाशित गरिएको छ ।

पद: कानूनी सल्लाहकार

पद संख्या:

परिक्षाको किसिम: लिखित परीक्षा, कम्प्यूटर सीप परिक्षण (प्रयोगात्मक) र अन्तर्वाता

परिक्षा केन्द्र: काठमाण्डौं ३२, काटेश्वर स्थित तराई मानव अधिकार रक्षक संजालको सम्पर्क कार्यालयमा

दरखास्त दिने स्थान: काठमाण्डौं ३२, काटेश्वर स्थित तराई मानव अधिकार रक्षक संजाल को सम्पर्क कार्यालयमा [email protected] मा ईमेल मार्फत पनि पठाउन सकिनेछ ।

(दरखास्तको साथै दरखास्तकर्ताले आफ्नो CV  र  Cover  letter अनिवार्य रुपमा पेश गर्नु पर्ने छ ।)

दरखास्त दिने अन्तिम मिति:  २०७६ साउन १२ गते सम्म (५ बजे भित्र) ।

तलब:  कार्यालयको निर्देशिका बमोजिम हुनेछ ।

आवश्यक न्यूनतम शैक्षिक योग्यता:  मान्यता प्राप्त शिक्षण संस्थाबाट कानून संकायमा स्नातक उपाधि र कानून व्यवसायीको (अधिवक्ता) प्रमाण पत्र प्राप्त गरि कानुन व्यवसायको अनुभव भएको नेपाली नागरिक ।

कार्य गर्नु पर्ने स्थान:  तराई मानव अधिकार रक्षक संजाल, प्रदेश नम्वर दुई
कम्प्यूटर, परीक्षा र अन्तर्वाताको मिति दरखास्त दिने अन्तिम दिन प्रकाशन गरिने छ ।

थप कुराहरु बुझ्नु परेमा तराई मानव अधिकार रक्षक संजाल, सम्पर्क कार्यालयम सम्पर्क राख्न सक्नु हुनेछ ।

कार्यालय सम्पर्क नं. ०१-५१९९३५२ ।