काठमाण्डौं उपत्यका, मोरङ्ग, सर्लाही, मकवानपुर, तनहु, पोखरा, नवलपरासी पुर्व, बैतडी, सुर्खेत, सिन्धुली लगायतका जिल्लाहरुमा मिति २०७६ जेष्ठ १२ र १३ गते भएको बम विस्फोट, आगजनी तथा तोडफोडका घटनाहरु भएको भौतिक तथा मानविय क्षतिप्रति तराई मानवअधिकार रक्षक संजाल (थर्ड एलायन्स)को गम्भीर ध्यानाकर्षण भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (विप्लव)द्वारा आह्वान गरिएको बन्दको पुर्व सन्ध्यामा बम विस्फोड हुँदा काठमाण्डौंमा ४ जनाको मृत्यु भएको, बम आक्रमणबाट ८ जना घाइते भएको र दर्जनौं मालवाहक तथा यात्रुबाहक गाडीहरुमा आगजनी तथा तोडफोड भएको अनुगमनको क्रममा पाइएको छ ।

तराई लगायत देशका विभिन्न सार्वजनिक ठाउँहरुमा भेटिएका विस्फोटक पदार्थका कारण आम जनतामा भय तथा त्रासको वातावरण सिर्जना भई मानिसलाई स्वतन्त्रता पुर्वक आवत जावत गर्न पाउने, पेशा, रोजगार, उद्योग, व्यापार तथा व्यवसाय संचालन गर्न कठिनाई भएको छ । उक्त घटनाहरुले गर्दा मानिसको जीवनको पबित्रता (Sanctity of Life) लाई नै समाप्त भएको छ । साथै संविधानद्धारा प्रदत्त स्वतन्त्र तथा भयरहित वातावरणमा बाच्न पाउने हकको उल्लंघन भएको छ ।

तसर्थ, उक्त घटनाहरुमा मृत्यु भएका व्यक्तिहरुको परिवारलाई उचित क्षतिपुर्ति तथा राहत, घाइतेहरुलाई निशुल्क रुपमा औषधी उपचार, उचित राहत तथा क्षतिपर्ति उपलब्ध गराउन र वार्ता मार्फत समस्याको समाधान गरी शान्ति तथा अमन चयन कायम गर्न सम्बन्धित सबैमा आग्रह गर्दछौं ।

मिति: २०७६ जेष्ठ १४ गते

………………..

शैलेन्द्र अम्बेडकर

थर्ड एलायन्स